बँदेललाई थापेको धरापमा परी एक जनाको मृत्यु

नारीकोसिस डटकम/वैशाख ११, बुटवल । रुपन्देहीमा आफैंले थापेको विद्युतीय धरापमा परेर एक व्यक्तिले ज्यान गुमाएका छन् ।
तिलोत्तमा नगरपालिका–११, भूपू सैनिक टोलका ४० वर्षीय मीनबहादुर गौतमको बँदेल मार्न आफैंले थापेको विद्युतीय धरापमा परी ज्यान गएको हो । १० दिनदेखि वेपत्ता गौतमको बँदेल मार्न आफैंले थापेको विद्युत्तीय पासोमा परी ज्यान गएको खुलेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा धराप थाप्ने समूहका अन्य सदस्यले घटना लुकाउन अन्यत्रै लगेर गाडेको खुलेको छ ।
घटनामा संलग्नको आरोपमा प्रहरीले मंगलबार ५ जनालाई पक्रेको छ । पक्राउ परेका व्यक्तिहरुसँग सोधपुछपछि बुधबार मृतकको शव गरिएको र उनीहरुमाथि थप अनुसन्धान शुरु गरिएको डीएसपी मल्लले जानकारी दिए ।
तपाईको प्रतिक्रिया