राज्यमन्त्रीले दलित परिवारकी छोरीको बिहे आफ्नै खर्चबाट गराए

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
राज्यमन्त्रीले दलित परिवारकी छोरीको बिहे आफ्नै खर्चबाट गराए

Share

नारीकोसिस डटकम/वैशाख ११, सिरहा । राष्ट्रिय जनता पार्टी राजपा नेपालका सहमहामन्त्री एवं उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले एक दलित समूदायको छोरीलाई आफ्नै खर्चबाट बिहे गराएका छन् ।

सिरहाको कल्याणपुर, प्रसाहीका कुशे मल्लिकका छोरी राधा मल्लिकको बिहे उनले आफ्नै खर्चमा गराएका हुन् । उनको विहेमा एक लाख रुपैयाँ खर्च गरेका छन् ।

कुशे मल्लिकको आर्थिक अवस्था कमजोर भएको कारण छोरीको बिहे गर्नमा समस्या भइरहेकोले मन्त्री मण्डलले बिहेको सम्पूर्ण खर्च मात्र व्यहोरेनन्, उनले अभिभावकको भूमिका पनि निर्वाह गरे ।

मंगलबार भएको विहेमा राज्यमन्त्री आफै जन्तीलाई स्वागत गरेका थिए । बिहेको सम्पूर्ण कार्यक्रमको अवलोकन गर्नुका साथै दुलहा–दुलहीलाई आशिर्वाद पनि दिएका थिए ।

वडा नम्बर ३ का अध्यक्ष अशोक मण्डलले चार आना सुन दिएका छन् ।

तपाईको प्रतिक्रिया