आफन्तको छोरी घरमा आएको मौका पारी बलात्कार गरेको आरोपमा एक जना पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
आफन्तको छोरी घरमा आएको मौका पारी बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Share

नारीकोसिस डटकम/वैशाख ११, काभ्रेपलाञ्चोक । १५ वर्षे किशोरीलाई बलात्कार गरेको आरोपमा मण्डन देउपुर नगरपालिका ३ नयाँ गाउँका एक युवक पक्राउ परेका छन् ।

आफन्तको छोरी घरमा आएको मौका पारी गत चैत २९ गते राति एक्लै सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गर्ने १९ वर्षीय राज बजगाईंलाई मङ्गलबार राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

बनेपा घर भएकी किशोरीको आफन्तको किटानी जाहेरीका आधारमा बजगाईंलाई पक्रिएको प्रनाउ गिरीले बताए ।

मुलुकी संहितामा आरोपितलाई जबर्जस्तीकरणी कसुर अनुसार १२ देखि १४ वर्षसम्म कैद सजाए हुने प्रावधान छ ।

तपाईको प्रतिक्रिया