अन्तर्राष्ट्रिय उडानमा प्रभावित

नारीकोसिस डटकम/वैशाख १२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गर्ने क्रममा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।
बुधबार बिहान ११ बजे उड्नुपर्ने नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ००१ बीस मिनेट ढिलो उडेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तालिका फेरबदल हुन पुग्यो ।
विमानस्थलका प्रवक्ता प्रताप तिवारीले राष्ट्रप्रमुख अन्तर्राष्ट्रिय भ्रमणमा प्रस्थान गर्दा स्वाभाविक रुपमा उडान तालिका फेरबदल हुने बताए ।
उनका अनुसार दुईवटा अन्तराष्ट्रिय उडान होल्ड गर्नुपरेको थियो । विशिष्ट व्यक्तिका ‘ब्यागेज’ समयमा नआउँदा पनि राष्ट्रपतिको चीन उडानमा समस्या भएको तिवारीको भनाइ थियो । विमानस्थलका महाप्रबन्धक राजकुमार श्रेत्रीले अन्तर्राष्ट्रिय उडानमा समान्य फेरबदल भएको प्रतिक्रिया दिए ।
तपाईको प्रतिक्रिया