डोजरमा आगजनी

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
डोजरमा आगजनी

Share

नारीकोसिस डटकम/वैशाख १२, नवलपरासी । बुधबार राति पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ सुनटाँडीमा ना१क ७०३९ नम्बरको डोजर (जेसिबी) मा आगजनी भएको छ । आगजनीबाट डोजर जलेर नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी २ सुनटाँडीमा सोनु लामा लगायतको संयुक्त नाममा रहेको बिनयी बालुवा प्रशोधन केन्द्रको नाममा रहेको केन्द्रको कम्पाउण्ड भित्रै रहेको जेसिवीमा आगजनी भएको हो ।

आगलागीबाट जेसीबी पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ ।

आगो किन र कसले लगाइदिएको अझसम्म खुल्न नसकेको र घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया