गुल्मीमा अधिकांश वासिन्दा झाडा- पखालाका कारण प्रभावित

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
गुल्मीमा अधिकांश वासिन्दा झाडा- पखालाका कारण प्रभावित

Share

नारीकोसिस डटकम/वैशाख १२, गुल्मी । जिल्लाको मुसिकोट नगरपालिको ४ दजाकोट गाउँका अधिकांश वासिन्दा झाडा- पखालाका कारण प्रभावित भएका छन् ।

गाउँमा झाडा – पखालबााट ५८ जना बिरामी परेका र ३ जनाको अवस्था गम्भीर रहेको स्थानीय हरि छन्तेलले जानकारी दिए।

दजाकोटका ७५ घरधुरीका बालक देखि बृद्धसम्म सयौं जना झाडा-पखलाबाट थलिएका छन् । स्थानीयहरु चार दिनदेखि माहमारीले थलिएपछि अवस्था नाजुक बनेको स्थानीय शिक्षक दुर्गा रासकोटीले बताए ।

पानीकै कारण झाडा- पखलाको महामारी फैलिएको र गाउँमा आउने पानीको मुहानमाथि लुगा कपडा धुने गरेका कारण पानीमा प्रदुषण मिसिएको हुनसक्ने स्थानीयले बताएका छन् ।

प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका स्वास्थ्यकर्मी पुगेका छन् । स्वास्थ्य शिविरमा १५ देखि २० जनाको उपचार गरिएको मेयर सोमनाथ सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया