साइप्रसका ३५ वर्षे सेनाले सात महिलाको हत्या गरेको स्विकारे

नारीकोसिस डटकम/वैशाख १३, साइप्रस । साइप्रसमा एक व्यक्तिले सात महिलाको हत्या गरेको आरोप स्विकारेका छन् । स्थानीय मिडियाले यसलाई साइप्रसमा भएको श्रृङ्खलाबद्ध हत्याको पहिलो मामला बताइरहेका छन् ।
दुईवटा शव यसै महिना बाटोमा भेटिएका थिए भने तेस्रो बिहिबार भेटिएको थियो । मुख्य संदिग्ध ३५ वर्षका ग्रीक–साइप्रस मूलका सैन्य अधिकारीले थप हत्या गरेको कुरा स्विकारेका छन् ।
उनीबाट पाएको सूचनाको आधारमा अब पुलिसले बाँकी शवको खोजीमा जुटिरहेको छ ।
यीमध्ये एक महिला जो भारतीय वा नेपाली मूलको हुनसक्ने बताएको छ । हत्यामा ज्यान गुमाउने एक महिला र उनकी आठ वर्षकी छोरी पनि छिन् ।
पुलिसले अनुसन्धानका लागि बेलायती अनुसन्धानकर्ताको पनि मद्दत मागेका छन् ।
तपाईको प्रतिक्रिया