कञ्चनपुरमा करेन्ट लागेर बालिकाको मृत्यु

नारीकोसिस डटकम/वैशाख १३, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा शुक्रबार करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।
टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट प्रवाह हुँदा नरेश भुलकी छोरी कमला भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पठाइएको छ ।
तपाईको प्रतिक्रिया