झापामा चट्याङ लागेर एकजनाको मृत्यु

नारीकोसिस डटकम/वैशाख १३, भद्रपुर झापा । भद्रपुर नगरपालिका ६ नयाँबारीका ३२ वर्षीय भीम राजवंशीको शुक्रबार बिहान चट्याङ लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा शुक्रबार बिहान २ः०० चट्याङ लागेको थियो ।
चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताए ।
तपाईको प्रतिक्रिया