गुल्मीमा झाडापखालाबाट १ जनाको मृत्यु, १ सय ७० बिरामी

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
गुल्मीमा झाडापखालाबाट १ जनाको मृत्यु, १ सय ७० बिरामी

Share

नारीकोसिस डटकम/वैशाख १५, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा आइतबारदेखि फैलिएको झाडापखालाबाट एक बालकको ज्यान गएको छ ।

मुसिकोट नगरपालिका वडा–४ दजाकोटका १२ वर्षीय रेशम सिंजाली रहेको स्थानीय हरि छन्त्यालले जानकारी दिए ।

दजाकोटमा झाडापखालाको प्रकोपबाट आइतबार बिहानसम्म बिरामी हुनेको संख्या १ सय ७० पुगेको उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जिसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया