अजादेखि कक्षा १२ को परीक्षा सुरु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
अजादेखि कक्षा १२ को परीक्षा सुरु

Share

नारीकोसिस डटकम/वैशाख १५, काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । साधारण तथा प्राविधिक विषय समूहतर्फको परीक्षा आइतबार बिहान ७ बजेबाट देशभर सुरु भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ४ लाख २८ हजार ५२ विद्यार्थी सहभागी भइरहेका छन् ।

वैशाख २६ गतेसम्म चल्ने परीक्षाका लागि देशभर १ हजार १०७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षामा काठमाडौंबाट सबैभन्दा धेरै र मनाङबाट सबैभन्दा कम विद्यार्थी सहभागी छन् ।

बोर्डका अनुसार काठमाडौंबाट ६२ हजार ५८८ परीक्षार्थी सहभागी भइरहेका छन् भने मनाङमा मात्रै ५९ विद्यार्थीले परीक्षा फर्म भरेका छन् ।

तपाईको प्रतिक्रिया