भोजपुरमा करेन्ट लागेर १ जनाको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
भोजपुरमा करेन्ट लागेर १ जनाको मृत्यु

Share

नारीकोसिस डटकम/वैशाख १५, भोजपुर । जिल्लाका पूर्वी अरुण गाउँपालिका–६, जरायोटारका ४७ वर्षीय अम्वरबहादुर राईको शनिबार साँझ करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घाँस काट्न गएका राईको ३३ केभीए प्रसारण लाइनको करेन्ट सर्ट भएर लागेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पान्डवकुमार राजवंशीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया