खर्बुजा सेवन गर्दा फाइदा हुन्छ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
खर्बुजा सेवन गर्दा फाइदा हुन्छ

Share

विशेष गरी गर्मी मौसममा खर्बुजाको सेवन गर्दा प्यास मेटाउनुको साथै शरीरमा शितलता प्रदान गर्छ । खर्बुजामा प्रशस्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सीडेन्टहरु पाईन्छ । त्यसैले स्वास्थ्यका लागि अझ बढी लाभदायी हुन्छ खर्बुजामा ।

१.दम रोगबाट बचाउँछ:
खरबुजामा प्रशस्त मात्रामा पाईने भिटामिन सी ले तपाईको दमको रोगी बन्न दिदैंन ।

२.रक्तचाप नियन्त्रणमा सहयोग:
अमेरिकन जर्नल अफहाइपरटेन्सनमा प्रकाशित अध्ययनका अनुसार खर्बुजा खाने ब्यक्तिमा उच्च रक्तचाप तथा मुटु सम्बन्धी रोग लाग्न पाउँदैन ।

३.क्यान्सर बगाउने फ्रि रेडिकल बन्न दिदैन:
खर्बुजामा पाइने भिटामिन सी तथा अन्य एक्सिडेन्टले क्यान्सर बगाउने फ्रि रेडिकल बन्न दिदैंन  र क्यान्सरबाट बचाउँछ । त्यसैगरी यसमा पाईने लाइकोपिन नामक तत्वले प्रोस्टेट क्यान्सर हुन नदिने अध्ययनहरुले देखाएको छ ।

४.पाचन प्रणालीलाई सन्तुलित राख्छ:
खर्बुजामा प्रशस्त मात्रामा पाइने पानी र फाइबरले पाचन प्रणलीलाई सन्तुलित राख्न मद्दत गर्छ ।

५.खरबुजामा प्रशस्त मात्रामा पानी:
पानीको मात्रा खरबुजामा ९२ प्रतिशत पानी र प्रशस्त मात्रामा खनिज पाईन्छ । गर्मी मौसममा हाम्रो शरीरबाट बाहिर जाने पानीलाई खरबुजाले सन्तुलित पार्छ ।

तपाईको प्रतिक्रिया