सिके राउतले दल दर्ताको निवेदन निर्वाचन आयोगमा दिए

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सिके राउतले दल दर्ताको निवेदन निर्वाचन आयोगमा दिए

Share

नारीकोसिस डटकम/वैशाख १६, काठमाडौं । डा. सिके राउतले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।

राउतले आइतबार ३५ केन्द्रीय सदस्य रहेको  जनमत पार्टी दर्ताका लागि निवेदन दिएका हुन् ।

गत फागुन २४ गते सिके राउतले सरकारसँग ११ बुँदे सम्झौता गरेर पृथकतवादी आन्दोलन छाडेका थिए ।

गत चैत ४ गते सिराहामा बसेको राष्ट्रिय परिषद बैठकले पार्टीको नाम स्वतन्त्र मधेश गठबन्धनलाई परिवर्तन गरी जनमत पार्टी राख्ने निर्णय गरेको थियो । साथै, दल दर्ता गर्ने निर्णय पनि सोही बैठकले गरेको थियो ।

तपाईको प्रतिक्रिया