बिरामी लठ्याउने मेसिन बिग्रिँदा ट्रमा सेन्टरमा अप्रेसन रोकियो

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बिरामी लठ्याउने मेसिन बिग्रिँदा ट्रमा सेन्टरमा अप्रेसन रोकियो

Share

नारीकोसिस डटकम/बैशाख १७, काठमाडौं । काठमाडौं ( राष्ट्रिय ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीनवटा उपकरण (एनेस्थेसिया मेसिन) सोमबार एकैसाथ बिग्रिएपछि ७५ प्रतिशत जटिल अप्रेसन रोकिएको छ । आइतबारसम्म सञ्चालनमा रहेका चारमध्ये तीनवटा मेसिनले अचानक सोमबार बिहानदेखि काम नगरेपछि अधिकांश अप्रेसन स्थगित गरिएको ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले बताए ।

सेन्टरमा दैनिक २० मेजर अप्रेसन हुने गर्छन् । एउटा मेसिनबाट चार–पाँचवटा अप्रेसन मात्रै सम्भव हुन्छ । तत्काल मेसिन नबने अप्रेसनको पालोमा बसेका धेरै बिरामी प्रभावित हुनेछन् । मेसिन खरिद गरिएको कम्पनीका प्राविधिकले मर्मत गर्नुपर्ने हुन्छ । सम्बन्धित भारतीय कम्पनीले मंगलबार प्राविधिक पठाउने आश्वासन दिएको निर्देशक यादवले बताए ।

‘एनेस्थेसिया मेसिन बिग्रिएको खबर स्वास्थ्य मन्त्रालय र मेसिन खरिद गरिएको भारतस्थित कम्पनीलाई गरिसकेका छौँ,’ यादवले नयाँ पत्रिकासँग भने, ‘भारतबाट प्राविधिक टोली आएपछि मेसिनको गडबडी पहिल्याउनेछ । आशा गरौँ, छिटै मर्मत होला ।’  यो समाचार अर्जुन अधिकारीले नयाँ पत्रिकामा लेखेका छन् ।

 

तपाईको प्रतिक्रिया