दजाकोटका २ हजार जनसंख्या झाडापखालाको जोखिममा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
दजाकोटका २ हजार जनसंख्या झाडापखालाको जोखिममा

Share

नारीकोसिस डटकम/वैशाख १७, रुपन्देही । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ दजाकोटका दुई हजार जनसंख्या झाडापखालाको जोखिममा रहेका छन् ।

प्रदेश ५ सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य महाशाखाका अनुसार उक्त गाउँको नुनखोलाको मुहानको पानीमा कोलिर्फमको मात्रा प्रशस्त भेटिएकाले त्यहाँका दुई हजार जनसंख्या झाडापखालाको जोखिममा रहेका हुन् ।

झाडापखाला लागेका व्यक्तिको दिसा जाँच गर्दा ‘इन्टामोयबा हिस्टोलिटिका’ परजीवी भेटिएको र नुन खोलाको मुहानबाट बग्ने पानी प्रयोगमा रोक लगाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

झाडापखालाका विरामीमध्ये ५९ वर्षीया कुमारी सिंजालीको चितवन मेडिकल कलेजमा, ६ जनाको गुल्मी अस्पतालमा र अन्यको स्थानीय एक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया