दोषी कलेजलाई कारबाही नगरेको भन्दै गरेको आन्दोलनले विद्यार्थी परीक्षाबाट वञ्चित

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
दोषी कलेजलाई कारबाही नगरेको भन्दै गरेको आन्दोलनले विद्यार्थी परीक्षाबाट वञ्चित

Share

नारीकोसिस डटकम/वैशाख १७, काठमाडौं । पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त ४२ निजी कलेजले विश्वविद्यालयको नियम विपरीत डिप्लस ग्रेडका तीन सय ९१ विद्यार्थी भर्ना गर्ने कलेजलाई कारबाही नभएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।

आन्दोलनले सोमबारदेखि सुरु भएको पहिलो सेमेस्टरको परीक्षामा असर परको छ। परीक्षाको एक दिन अगावै दोषी कलेजलाई कारबाहीको माग गर्दै विाद्यार्थीहरु पोखरा विश्वविद्यालयको केन्द्रिय कार्यालय पोखरामै रिलेअनसनमा बसेका थिए ।

रजिष्ट्रेसन नगरिदिँदा उनीहरुको भर्ना अयोग्य भएको थियो। रजिष्ट्रेसन नगरेपछि पीडित तीन सय ९१ विद्यार्थीहरु सर्वोच्च गएका थिए। सर्वोच्चले विद्यार्थीको हकमा अन्तरिम आदेश दिँदै परीक्षामा सहभागी गराउन विश्वविद्यालयको नाममा निर्देशन दिएपछि ती विद्यार्थीहरु वैशाख १६ गतेको परीक्षामा सहभागिता हुन पाए।

तर, विद्यार्थीले न्याय पाए पनि दोषी कलेजलाई कुनै कारबाही नगरेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।

विश्वविद्यालयले दोषी पाइएका कलेजहरुलाई कारबाहीको पहल भइरहेको दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया