लम्की तनावग्रस्त, प्रहरी र प्रदर्शनकारी घाइते

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
लम्की तनावग्रस्त, प्रहरी र प्रदर्शनकारी घाइते

Share

नारीकोसिस डटकम/वैशाख १७, कैलाली । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९२३३ को ट्रकले मंगलबार बिहान ठक्कर दिँदा स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनीता रावलको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले लम्की बजार तनावग्रस्त बनेको हो ।

प्रदर्शनकारीले तोडफोडका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जनौं सेल अश्रु ग्यास हानेको छ ।

प्रदर्शनका क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन् । अहिले प्रदर्शन नियन्त्रणमा लिन बाक्लो मात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले ट्रक चालक सुनील भण्डारीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताए पनि स्थानीय भने प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले ट्रक तोडफोड गर्नुका साथै सडकसमेत बन्द गराएका छन् ।

चालकको लापरवाहीले ज्यान गएकाले दोषीमाथि कारबाही गर्नुका साथै मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनकारीहरुको छ ।

तपाईको प्रतिक्रिया