कपाल लामो बनाउने घरेलु विधि

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
कपाल लामो बनाउने घरेलु विधि

Share

नारीकोसि डटकम । महिलाहरुकालाई लामो कपालले शोभा बढाउँदछ । कपाललाई लामो बनाउन चाहेमा सामन्यतया घरेलु विधिवबाट पनि लामो बनाउन सकिन्छ । कपालमा लामो समयसम्म तेल लगाउँदा कडा हुने, रङ उड्ने र कमजोर हुनेलगायत समस्या हुन्छ । तर, आयल मसाज भने कपालको स्वास्थ्यका लागि निकै आवश्यक छ । त्यसका लागि नरिवलको तेल प्रयोग गर्न सकिन्छ ।
-सबैभन्दा पहिला एउटा भाँडोमा नरिवलको तेल राख्नुपर्छ । अनि, उक्त तेललाई हल्का तताउनुपर्छ ।
सो मनतातो तेलले हातको सहायताले कपालमा मसाज गर्नुपर्छ । कपालको जरासम्म पुग्नेगरी सर्कुलर मोसनमा मसाज गर्न आवश्यक हुन्छ ।
करिब तीन मिनेटसम्म यसरी मसाज गर्नुपर्ने हुन्छ । यस्तो मसाजले टाउकोमा रक्तसञ्चार बढाउँछ र छिटो कपाल बढ्छ ।

तपाईको प्रतिक्रिया