भत्किएको पुल २ वर्षसम्म नबनेपछि खोला तर्न घण्टौं हिँड्नुपर्ने बाध्यता

नारकिोसिस डटकम/वैशाख १७, विराटनगर । दुई बर्षअघि बाढीले भत्काएको पुल नबन्दा मोरङको बेलबारीका वासिन्दालाई आवतजावतमा समस्या भएको छ ।
२०७४ साउन २८ गते लोहन्द्रा खोलामा आएको बाढीले बेलवारी नगरपालिका ६ स्थित १ सय ७७ मिटर लामो पुल भत्काएको थियो । तर हालसम्म पुल नबन्दा बेलबारीको वडा नं १, २, ३ र ५ का वासिन्दा तीन घण्टासम्म हिँडेर कानेपोखरीसम्म पुगेर खोला तर्नुपर्ने बाध्यता छ ।
पुल निर्माण नहुँदा एम्बुलेन्स लगायतका साधन पनि पूर्वपश्चिम राजमार्ग प्रयोग गरी विराटनगर पुग्नुपर्ने बाध्यता रहेको स्थानीयले बताए ।
हिउँदमा गाडीले खोला तर्न सक्ने भए पनि वर्षा याममा समस्या छ । बर्खायाममा सिमानको गाउँसंगको आउजाउ पनि बन्द हुन्छ, केही आपत प¥यो भने, खोलापारीको गाउँ पुग्ने कम्तीमा तिन घण्टा लाग्छ स्थानीय राम कामतले बताए।
पुल नहुदा बर्खाको बेलामा विद्यार्थी स्कुल जान पनि समस्या छ ।
तपाईको प्रतिक्रिया