चितवनमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
चितवनमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु

Share

नारीकोसिस डटकम/वैशाख १७, चितवन । भरतपुर महानगरपालिका–२८, भङ्गाहमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

माछा मारी घर फर्कने क्रममा गैँडाले महतोलाई आक्रमण गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गैँडाको आक्रमणबाट घाइते महतोको उपचारका क्रममा मंगलबार बिहान ३ः३० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । महतोलाई गैँडाले सोमबार  राती ९ बजे आक्रमण गरेको थियो।

तपाईको प्रतिक्रिया