विप्लव नेतृत्व समूहका बाजुरा जिल्ला इञ्चार्जसहित १० पक्राउ

नारीकोसिस डटकम/वैशाख १७, बाजुरा । नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् । विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।
प्रहरीले प्रक्राउ गरेसँगै उनीहरुबाट विभिन्न विष्फोटक पदार्थसमेत जफत गरेको छ । चन्दा सङ्कलन गरेका रसिदसमेत फेला परेका छन् । प्रक्राउ परेकालाई मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया