२६ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासङ्घले ऐक्यबद्धता र्याली

नारीकोसिस डटकम/वैशाख १८, काठमाडौं २६ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता र्यालीको आयोजना गरेको छ ।
बबरमहलबाट शुरू भएको र्याली बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हामी सबैको ऐक्यबद्धता ‘प्रेस स्तन्त्रता कायम गर’ लेखिएका प्लेकार्ड बोकेका थिए।
सोही अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रलाई पुनः संरचना गर्दै पत्रकारहरुको न्यनूतम पारिश्रमिक पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरूङ लगाएतले पछिल्लो समयमा प्रेसमाथि आक्रमण बढ्दै गएको भन्दै प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गरे ।



तपाईको प्रतिक्रिया