वीरको कवाडी सामान दुवाकोटले व्यवस्थापन गरिने

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
वीरको कवाडी सामान दुवाकोटले व्यवस्थापन गरिने

Share

नारीकोसिस डटकम /वैशाख १९, काठमाडौं । वीर अस्पताल हाताभित्र बिग्रिएर अलपत्र परेका लिलामीयोग्य सामान अस्पतालकै जग्गा रहेको भक्तपुरको दुवाकोटमा व्यवस्थापन गरिने भएको छ ।

लिलामीयोग्य सामान राख्न अस्पतालले अस्थायी टहरा बनाएको जनाइएको छ। त्यस्ता सामानको ढुवानी शनिबारदेखि थालिएको अस्पतालका निर्देशक केदार सेन्चुरीले बताए ।

अस्पतालको वातावरण सफा राख्नको लागि दुवाकोट लैजाने र पछि प्रक्रिया अपनाएर लिलामी गरिने उनले बताए ।

वीरमा लिलामी सामानमा मर्मत हुन नसकेका उपकरण, थोत्रा फर्निचरलगायत गरी पूराना गाडीहरु रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया