टिपरको ठक्करबाट छोरीको मृत्यु, बाबु घाइते

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
टिपरको ठक्करबाट छोरीको मृत्यु, बाबु घाइते

Share

नारीकोसिस डटकम/वैशाख १९, रुपन्देही । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु१ख ६२३३ नम्बरको टिपरले पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई पाखापानीको मनकामना मन्दिर नजिकै ठक्कर दिँदा दुर्घटना भएको थियो।

मृत्यु हुनेमा बुटवल १२ तामनगरका २० वर्षीया पुष्पा भण्डारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार भोजप्रसाद पाण्डेले जानकारी दिए।

दुर्घटनामा परी पुष्पाका बुबा ४७ वर्षीय घनश्याम भण्डारी घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया