यो जीवन म निर्भिक भएर बाच्छु

मलाई यो जीवन
आफै सँग स्प्रष्ट भएर
आफनै योजनामा बाच्नु पर्छ
आफनै इच्छाको संसारमा हास्नु पर्छ
न म कसैलाई अन्याय गर्छु
न कसैका अन्याय म माथि भर्छु
मलाई यो जीवन
रंगमञ्च जस्तो बनाउन मन पर्दैन
मलाई अस्थिरताहरु समाउन मन पर्दैन
म आफनै
श्रम र पसिना समाउने मान्छे
लोभ र लालचबाट अलि परै रमाउने मान्छे
मलाई अन्जुली दिदा
म अंगालोभरी दिने बाटो समाउने मान्छे
त्यसैले
यो जीवन म निर्भिक भएर बाच्छु
म आफु सँग छलकपट नगरी स्प्रष्ट हास्छु
निर्मला सापकोटा सन्जेल
तपाईको प्रतिक्रिया