बच्चालाई स्वस्थ्यकर खाना खान कसरी सिकाउने ?

बच्चाहरु प्राय जंकफूड मन पराउछन । न झन्झटिलो, न बेस्वादिलो । तर, यस्ता खानेकुराले बच्चाहरु रोगी हुन्छन् । उनीहरुको स्वास्थ्यमा गंभिर समस्या पैदा गर्छ । किनभने बजारमा उपलब्ध जंकफूड वास्तवमा मन्द विष हो। त्यसमा मिश्रण गरिएको अखाद्य पदार्थ एवं रसायनले क्रमस बच्चाको स्वास्थ्य ध्वस्त बनाउँदै लाने खतरा हुन्छ ।
बजारमा पाइने जंक फुडहरु प्राय बच्चाहरुलाई लक्षित गरेर तयार पारिएका हुन्छन । यस्ता जंक फुड मनपराउने बच्चाहरुलाई घरको स्वस्थबर्धक खाना मन नपराउन कुरा स्वाभाविकै हो । बच्चाहरुलाई घरको स्वस्थबर्धक खाना खाने बानी बसाल्न केही उपाय अपनाउनु पर्ने हुन्छ ।
बच्चाहरुलाई यसरी सिकाउने स्वस्थ्यवर्द्धक खाना खान
बच्चाहरुलाई जहिले पनि परिवारको साथमै राखेर खाना खाने बानी बसाल्नु पर्छ र बच्चालाई जुन परिकार मन पर्दैन त्यही परिकार उसको अगाडि हौसला दिदै खानु पर्दछ । त्यसबाट पाउने पौष्टिक तत्वको फाइदाको बारेमा बच्चालाई उत्साहित गर्नु पर्दछ। र उसलाई पनि खुवाउने प्रयास गर्नु पर्छ । जसले गर्दा विस्तारै उसलाई पनि यस्ता खाना खाने बानी पर्दै जान्छ ।
यदि बच्चाहरु स्वस्थबर्द्धक खानेकुरा जस्तै हरियो सागपात, फल, दुध आदि खान मान्दैन भने उनीहरुलाई कुनै अरु तरिकाबाट खुवाउने अभ्यास गर्नुपर्छ ।
जस्तै बन्दकोपिको पकौडा , अचार तथा धनिया र टमटर दालसँग ग्रेवी बनाएर पनि खुवाउन सकिन्छ । खाना खाने समयमा कहिले कुनै पनि किसिमको कमी कमजोरको विषयमा कुरा गर्नु हुँदैन, यस्तो उनिहरु मन पराउदैनन र खाना नखाई उठेर जाने सम्भावना हुन्छ । मनोवैज्ञानिक तरिकाबाट जहिले पनि बच्चाहरुलाई प्रफुल्ल पार्नु पर्छ । तनाव दिनाले पनि बच्चाहरु घरका खाना खान रुचाउदैन र जंग फुड प्रति आकषिर्त हुन्छ ।
तरकारी किन्दा पनि बच्चाहरुलाई साथै लग्दा राम्रो हुन्छ । र विचविचमा उनीहरुसँग आफुलाई मनपर्ने तरकारीको बारेमा कुरा गर्नु पर्छ यसले बच्चालाई मनपर्ने परिकारको बारेमा आफुलाई जानकारी मिल्छ । कुन स्वस्थबर्धक तरकारी हो सोको विषयमा पनि कुरा गर्नाले फाइदा हुन्छ ।
रेडीमेड जुस पदार्थ जतिसुकै हानिकारक भएपनि बच्चाहरु यस्ता पिउन मनपराउछन । त्यसको लागि सकेसम्म घरमै बनाएर खुवाउनु पर्दछ । जस्तै कागती पानी, फलफुल दहि मिक्सलस्सी, आदि । बच्चाहरुलाई स्कुलको लागि खाजा पनि घरबाटै बनाएर पठाउनु पर्दछ । कहिलेकाँही मात्र उनीहरुलाई मन पर्ने जंग फुड पठाउनु पर्छ यसले बच्चाहरु पनि खुसी हुन्छन।
बच्चाहरुलाई घरका खाना दाल भात भन्दा बाहिरका तयारीखाने कुरा आदि बढि मनपराउँछन । बच्चाहरुले जिद्दी गर्यो भन्दैमा जहिले पनि यस्ता खाना खुवाउनु हुँदैन यस्ता खाना सकेसम्म घरमै बनाएर खुवाउनु पर्दछ । यस्तो खाना बढि भन्दा बढि हरियो साग सब्जी, फलफुल मिक्स गर्र्नुपर्छ
तपाईको प्रतिक्रिया