कागेश्वरी मनोहरा नगरपालिकाद्धारा कानुनी परामर्श सम्बन्धि तालिम चाडै नै शुरु हुने : कृष्णहरि थापा (नगर प्रमुख)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
कागेश्वरी मनोहरा नगरपालिकाद्धारा कानुनी परामर्श सम्बन्धि तालिम चाडै नै शुरु हुने : कृष्णहरि थापा (नगर प्रमुख)

नारीकोसिस डटकम/वैशाख १९, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा नगरस्तरीय मेलमिलापकर्ताहरुलाई मेल मिलाप ऐन समबन्धि अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।

श्री साथी नेपाल संस्थाको आयोजना तथा कागेश्वरी मनोहरा नगरपालिकाको समन्वयमा नगरस्तरी मेलमिलापकर्ताहरुलाई मेलमिलाप ऐन समबन्धि अन्तरक्रिया कार्यक्रम बुधबार बाट सुरु भएको हो ।

कगेश्वरी मनोहरा नगरपालिका वडा नं ६ स्थित नर्लिंग रिसोर्टमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

उनले नगरपालिकामा न्यायिक समितिले आफ्नो कार्य सम्पादन व्यवस्थित तरिकाले गरिरहेको बताउदै काठमाडौं जिल्ला अदालत बाट आएका न्यायधिस ले समेत प्रसंशा गरेको जानकारी गराएका थिए ।

उनले यस्ता कार्यक्रमले मेलमिलाप कर्ताको क्षमता अभिबृद्धि गर्न सहयोग पुग्ने भन्दै प्रशिक्षकहरुले दिने प्रशिक्षणलाई गहन रुपमा लिएर कार्य सम्पादनको क्रममा उक्त सिकेका ज्ञानलाई प्रयोग गर्न समेत अनुरोध गरेका थिए ।

उनले कागेश्वरी मनोहरा नगरपालिकाले मेलमिलापकर्ताका सदस्यहरु ,निर्वाचित सदस्यहरु र दलित वर्गका सदस्यहरुलाई तत्काल दश लाख रुपैया बराबरको २० जनालाई कानुनी परामर्श सम्बन्धि तालिम प्रदान गर्न लागेको जानकारी गराएका थिए ।

उनले त्यसमा प्लस टु पास गरेकालाइ सिटिभिटी बाट मान्यता प्राप्त सर्टिफिकेट प्राप्त गर्ने र त्यसबाट लेखापढी सम्बन्धि कानुनी ज्ञान दिने लगायतको बिषय समेटेर छिट्टै नै नगरपालिकाले छ महिनेकोर्सको तालिम प्रदान गर्न लागेको समेत जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया