संसद भवन राष्ट्रपतिको स्वागतका लागि सिँगारियो

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
संसद भवन राष्ट्रपतिको स्वागतका लागि सिँगारियो

Share

नारीकोसिस डटकम/वैशाख २०, काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनलाई सिँगारिएको छ ।

सरकारको आर्थिक वर्ष ०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम शुक्रबार संसद्मा प्रस्तुत हुने भएपछि संसद् भवन तथा परिसर सिँगारिएको हो ।

शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारद्धारा तयार पारिएको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

शुक्रबार बिहानैदेखि संघीय संसदका कर्मचारीहरु भवन परिसर सजावटको काममा व्यस्त देखिएका छन् ।

तपाईको प्रतिक्रिया