आज आमाको मुख हेर्ने औसीको दिन

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
आज आमाको मुख हेर्ने औसीको दिन

 

नारीकोसिस डटकम/वैशाख २१, काठमाडौं ।  कृष्ण औँसीका दिन मनाइने पर्व आमाको मुख हेर्ने पर्व हो । यो पर्वमा जन्म दिने आमालाई मिठा-मिठा  परिकार खाना तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाउने गरिन्छ ।

विहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ ।

यो दिन आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मिठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरु मिठा परिकारहरु सहित आमाघर अर्थात माइतपुग्दछन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले भने संचारका साधनहरु मार्फत पनि सम्झने गर्दछन् ।

मानिसहरुले सामाजिक सञ्जालहरुका माध्यमबाट पनि आमाप्रतिका भावना सम्झनाहरु व्यक्त गर्दछन् । पौराणीक कालदेखिनै मनाउदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन् ।

आजभोली विभिन्न कारणले आमा -बुबालाई वास्ता नगर्ने अनि वृद्धाश्रम लगायत आगन्तुक ठाँउमा लगेर राख्ने चलन बढ्दै गएको छ, जुन मानवता प्रतिनै एउटा  अक्षेप हो ।

तपाईको प्रतिक्रिया