धरानलाई राजधानी बनाउन माग गर्दै विराटनगरमा प्रदर्शन

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
धरानलाई राजधानी बनाउन माग गर्दै विराटनगरमा प्रदर्शन

Share

नारकिोसिस डटकम/वैशाख २२, विराटनगर । प्रदेश १ को राजधानी सुनसरीको धरानलाई बनाउन माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ ।

धरान उपमहानगरपालिकाको अगुवाइमा धरानलाई राजधानी घोषणा गर्न माग गर्दै धरानवासीले प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले सिट्ठी फुकेर प्रदर्शन गरिरहेका छन् ।

राजधानी बृहत् विराट क्षेत्र विकास भित्र राख्ने या विराटनगर अगाडि पछाडि राख्ने भन्ने विवाद कायम छ ।

स्थायी राजधानी तोक्ने तयारी गरेको प्रदेश १ सरकारले केही दिनअघि मात्रै साविकको पूर्वाञ्चलको राजधानी धनकुटालाई सम्पर्क राजधानी बनाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया