श्रीलंका बम विष्फोट प्रकरण २०० धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला

नारीकोसिस डटकम/वैशाख २३, काठमाडौं । इस्टर सन्डेको बेला भएका श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको छ ।
गृहमन्त्री बी. अबयवर्दनाले विष्फोटपछि छानविनको क्रममा भिसा अवधि समाप्त भइसकेको र केहीको शंकास्पद गतिविधि पाइएकाले देश निकाला गरिएको बताएका छन् ।
तर, देश निकाला गरिएकाहरु कुन-कुन देशका नागरिक हुन् भन्ने खुलेको छैन । यद्यपि प्रहरी सूत्रका अनुसार बंगलादेश, भारत, मालदिभ्स र पाकिस्तानका नागरिकहरुलाई देश निकाला गरिएको छ ।
हालै नयाँ भिडियो सार्वजनिक गर्दै इस्लामिक स्टेट समूहका नेता अबु बकर अल बगदादीले इराकमा हारेको बदला लिन श्रीलंकामा श्रृंखलावद्ध बम विस्फोट गराइएको बताएका छन् ।
तपाईको प्रतिक्रिया