धादिङबाट लागुऔषध बोकेको भारतीय गाडीसहित १ पक्राउ

नारीकोसिस डटकम/वैशाख २३, काठमाडौं । प्रहरीले लागुऔषध बोकेको भारतीय गाडीसहित १ जनालाई धादिङबाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले ४७ किलोग्राम चरेश र ९७८ चरेशसहित जयपृथ्वी नगरपालिका–८, बझाङका काल्चे बोहोरालाई सोमबार बिहान १ बजे गजुरीको सोतीखोलाबाट नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा पुगेको प्रहरीले टोलीले भारतीय नम्बर प्लेटको डीएल ३ सीएडी ७०८१ नम्बरको मारुती सुजुकी कारसमेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिए ।
नियन्त्रणमा परेका बोहोरामाथि अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया