जुम्लामा अज्ञात रोगले गाउँलेहरु धमाधम बिरामी पर्न थाले

नारीकोसिस डटकम/वैशाख २३, खलङ्गा । जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका ७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् ।
पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताए ।
प्रत्येक घरमा बिरामी खाली नभएको उनले बताए । रोग पहिचान नभए पनि प्रत्येक बिरामीलाई शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको उनले बताए ।
शिक्षक कुँवरका अनुसार विद्यार्थी शिक्षकसमेत बिरामी परेपछि पठनपाठनसमेत प्रभावित भएको छ । सबै उमेर समूहका व्यक्तिलाई अज्ञात रोगले सताएको स्थानीय सूर्य बुढाले बताए । स्वास्थ्य संस्था भने बेखबर भएको स्थानीयले गुनासो गरेका छन् ।
तपाईको प्रतिक्रिया