गुल्मीमा दूषित पानीकै कारण झाडापखाला फैलिएकोे पुष्टि

नारीकोसिस डटकम/वैशाख २३, गुल्मी । मुसिकोट नगरपालिका ४ दजाकोटमा दूषित पानीकै कारण झाडापखला फैलिएको पुष्टि भएको छ ।
यही वैशाख १० देखि सिङ्गो गाउँमा फैलिएको झाडापखालाको मुख्य कारण पानीमा रहेको ईकोलाई जिवाणु भएको अनुसन्धानबाट खुलेको हो ।
गाउँमा झडापखालाको प्रकोप बढ्दै गएपछि विश्व स्वास्थ्य संगठन र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले गत साता प्रकोप क्षेत्रमा पुगेर बिरामीहरुको दिसा र पानीको नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो ।
बिरामीको दिसा परीक्षण गर्दा सिगेला नामक जिवाणुसमेत भेटिएको बताइएको छ ।
नेपाल सरकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गरेको परीक्षणले पानीकै समस्याका कारण झाडापखालाको संक्रमण बढेको पुष्टि भएको प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए ।
झाडा पखलाबाट २ सय बढी बिरामी भएका थिए । एक जनाको मृत्यु भएको थियो । झाडापखाला अहिले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ ।
तपाईको प्रतिक्रिया