हरेकदिन एक कोसा केरा खाँदा फाइदै फाइदा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
हरेकदिन एक कोसा केरा खाँदा फाइदै फाइदा

Share

नारीकोसिस डटकम/वैशाख २३, काठमाडौं । केरा स्वास्थ्यका लागि उपयोगी मानिन्छ । हरेकदिन एक कोसा केरा खाने गर्नाले शरीर स्वस्थ रहन्छ भने स्फुुर्ती बढ्छ । केरामा सुगर र फाइबर प्रशस्त पाइन्छ ।

त्यस्तै थाइमिन, नियासिन र फोलिक एसिडको रुपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । त्यसो त केरालाई उर्जा दिने स्रोतको रुपमा पनि लिइन्छ ।

साथै यसमा पानीको मात्रा ६४.३ प्रतिशत, प्रोटिन १.३ प्रतिशत, कार्बोहाइट्रेड २४.७ प्रतिशत तथा चिल्लो पदार्थ ८.७ प्रतिशत हुन्छ । यसबाहेक अरु धेरै फाइदा पनि हुन्छ । ती निम्न छन् :

१.अत्यधिक रक्सी सेवनको कारण हुने हयांङओवर उतार्न केरा दुधमा मिसाएर खाँदा निकै फाइदा हुन्छ ।

२.केरामा पोटासियम पाइन्छ । जो उच्च रक्तचापका विरामीका लागि निकै फाइदाजनक हुन्छ ।

३.केरामा आइरन भरपुर मात्रामा हुन्छ । जसका कारण रगतमा हेमोग्लोविनको मात्रा बढ्छ ।

४.केराको सेवनले पाँचन प्रकृयालाई नियमित गराउन सहयोग पुग्छ ।

५. केराको सेवनले पेटलाई सितलता प्रदान गर्छ ।

६.केराको सेवनले मधुमेहलाई समेत नियन्त्रण गर्छ ।

७.तनाव कम गर्नका लागि पनि उपयोगी हुन्छ ।

तपाईको प्रतिक्रिया