भक्तपुरको गोर्खा इको प्यालेसमा आगलागी, ५० लाखको क्षति

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
भक्तपुरको गोर्खा इको प्यालेसमा आगलागी, ५० लाखको क्षति

Share

नारीकोसिस डटकम/वैशाख २४, भक्तपुर । भक्तपुरको हनुमानचास्थित गोर्खा इको प्यानलमा सोमबार राति आगलागी भएको छ । चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथली हनुमानचास्थित कारखानामा राती पौने तीन बजे आगलागी भएको हो। आगलागीबाट करिव ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगलागी पश्चात राती नै एउटा दमकलको सहायताले नियन्त्रण गर्न सफल भएको थियो। जुद्ध वारुद्ध यन्त्र कार्यालय दूधपाटी भक्तपुरबाट आएको एउटा दमकलले आधा घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन।

आगलागीबाट कारखानाका ईपीएस, कमेकिल, फाइवरमेश, ग्लास फाइबर, काठको प्यालेट, इलेक्टिक मोटर, मिक्सर, जेनेरेटर लगायतमा क्षति पुगेको छ ।

आगलागीपछि विहानै महानगरीय प्रहरी बृत जगाती भक्तपुरबाट प्रहरी अधिकृतसहितको टोलीले मुचुल्का उठाइसकेको छ। आगलागीका कारण अहिले नै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

त्यसका लागि प्रहरी टोलीले कारखानाभित्र जडिट सीसीटीभी क्यामेरामा कैद भएको फुटेज भएको हार्डडिक्स लिएर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेका छन्।

गोर्खा इको प्यानल निर्माण सामाग्री उत्पादन गर्ने कम्पनी हो। यसले भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा इटाको बिल्कपको रुपमा प्रयोग हुने इको प्यानल निर्माण सामाग्री उत्पादन गर्ने गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया