पहिलो पटक आँखा उपचार केन्द्रको स्थापना

नारीकोसिस डटकम/वैशाख २९, रुकुम । रुकुम पूर्वमा पहिलो पटक आँखा उपचार केन्द्रको स्थापना गरिएको छ ।
प्रदेश नम्बर ५ को एकमात्र हिमाली जिल्लामा आँखा अस्पताल बनेपछि यहाँका स्थानीहरु खुशी भएका छन् ।विभिन्न समस्याका कारण आँखाको उपचार गराउन महंगोमा जिल्ला बाहिर जानुपर्ने बाध्यतामा रहेका स्थानीय आफ्नै जिल्लामा उपचार केन्द्रको स्थापना भएपछि गाउँमै सेवा पाइने भन्दै खुशी भएका हुन्।
यो भन्दा पहिले यहाँका स्थानीयवासीहरु आँखाको उपचाको लागि रुकुम पश्चिमको खलंगा, दाङ, नेपालगञ्ज तथा काठमाडौं जानुपर्ने बाध्यतामा रहेका थिए ।
नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित राप्ती आँखा अस्पताल दाङले उक्त आँखा उपचार केन्द्र जिल्लाको सिस्ने गाउँपालिकामा स्थापना गरेको हो ।
अब यहाँ सामान्य अप्रेसनदेखी विभिन्न आँखाको समस्याको उपचार गरिनुका साथै बिरामीलाई आवश्यक पर्ने चस्मा पनि निर्माण गरेर वितरण गरिने उपचार केन्द्र रुकुमकोटका प्रमुख विष्णु खनालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया