हुने भयो अब मापसेसँगै लापसे जाँच

नारीकोसिस डटकम/वैशाख ३१, जनकपुरधाम । मादक पदार्थ सेवन मापसे गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिएको प्रहरीले पनि सयौंलाई कारबाही गर्यो, मापसे गरेर सवारी चलाउने पनि सचेत भए ।
अब प्रहरीले मापसे जस्तै अर्को अभियान सुरु गरेको छ, लापसे । अर्थात् लागुपदार्थ सेवन जाँच ।
प्रदेश २ प्रहरीले मादक पदार्थ सेवन (मापसे) का साथै लागुपदार्थ सेवन गरेर सवारी चलाए नचलाएको जाँच गर्न थालेको हो ।
मादक पदार्थसँगै लागुऔषध प्रयोग गरेर पनि सवारी चलाउने क्रम बढेपछि यो अभियान सुरु गरिएको बताउँछन् प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख एसपी योगबहादुर पाल ।
पिसाबको जाँच गर्ने तरिका
नार्कोनन नामक संस्थाले ड्रग यूरिन टेस्ट किट प्रदेश २ प्रहरी कार्यालय बारा पथलैयालाई उपलब्ध गराएको थियो । यो किटको प्रयोग गरी लागुऔषध प्रयोग गरे नगरेकोबारे जाँच गरिएको छ । जाँचका क्रममा सवारी चालकहरुलाई एउटा सानो डिब्बा दिँदै त्यसमा पिसाब भरेर ल्याउन भनिन्छ ।
ल्याइएको पिसाब किटमा राखेपछि लागुऔषध प्रयोग गरे नगरेको थाहा हुन्छ । ‘यदि कसैले लागुऔषध प्रयोग गरेको छ भने तत्कालै त्यसले देखाउँछ, पालले भने, ‘कुन लागुऔषधको प्रयोग गरेको हो त्यो पनि देखाउँछ किटले ।’
दुर्घटनालाई न्यूनीकरण गर्नका लागि यो अभियानको प्रारम्भ गरिएको पालले बताए ।



तपाईको प्रतिक्रिया