प्रधानमन्त्री ओली आज साँझ स्वदेश फर्कँदै

नारीकोसिस डटकम/जेठ १ काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली बुधबार साँझ ७ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने प्रधानमन्त्रीका प्रेश सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।
प्रधानमनत्री ओलीसहितको टोली गत वैशाख २६ गते भियतनाम र कम्बोडिया भ्रमणमा निस्किनुभएको थियो।
भ्रमणका क्रममा प्रम ओलीले भियतनाममा आफ्ना समकक्षीलगायत विभिन्न व्यक्तिहरुसँग भेटघाट गर्नुभएको थियो ।
भियतनामको भ्रमणपछि ओली कम्बोडिया गुग्नुभएको थियो । कम्बोडिया पनि ओलीले आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै द्विपक्षीय हितबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले ति देशका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया