ककनीमा भोलिदेखि वृहत्त कृषि प्रदर्शनी मेला सुरु हुँदै

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
ककनीमा भोलिदेखि वृहत्त कृषि प्रदर्शनी मेला सुरु हुँदै

Share

नारीकोसिस डटकम/जेठ ३, काठमाडौं ।   ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला २०७६’ भोलिदेखि सुरु हुँदैछ । भोलि जेठ ४ गते देखि ८ गतेसम्म नुवाकोटको पर्यटकीय स्थल ककनी रानीपौवामा उक्त कृषि प्रदर्शनी मेला सुरु हुन लागेको हो ।

दिवंगत नेता पोष्टबहादुर बोगटीको स्मृतिमा स्थापित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान र ककनी गाउँपालिकाको सह–आयोजनामा कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको हो । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले मेलाबारे जानकारी गराएको हो ।

५ दिनसम्म चल्ने उक्त कृषि प्रदर्शनी मेलामा ४० देखि ५० हजार अवलोककर्ताहरुको सहभागिता रहने र २ करोड भन्दा माथिको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरिएको छ ।

मेलामा स्थानीय कृषि उत्पादन, कृषि सामाग्री र कृषि परामर्श केन्द्रका स्टलहरु रहने आयोजक समितिका संयोजक हित बहादुर तामाङ्गले बताउनुभएको छ ।

मेलाको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया