सुदूरपश्चिमका शिक्षक(कर्मचारी) आन्दोलित

नारीकोसिस डटकम/जेठ ६, दार्चुला । सुदूरपश्चिमका शिक्षक र कर्मचारीहरु आन्दोलित भएका छन् ।
गत साउन १ गतेदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगतका १४ क्याम्पसमा नियुक्त भएको शिक्षक र कर्मचारीहरुले तलब भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समिति कञ्चनपुरको नेतृत्वमा सुदूरपश्चिम प्रदेशका १४ वटै क्याम्पसका शिक्षक र कर्मचारीहरुले विभिन्न ७ बुँदे माग राखेर आन्दोलित भएका हुन् ।
यसैबीच दार्चुलाको गोकुलेश्वर बहुमूखी क्याम्पसमा तालाबन्दी गरी पठनपाठन ठप्प पारेको गोकुलेश्वर बहुमूखी क्याम्पसका प्राध्यापक मानसिँह विष्टले बताए ।
उनीहरुले नियुक्ति अनुसार तलब भत्ता उपलब्ध गराउनुपर्ने, नियमानुसार १४ वटै क्याम्पसका शिक्षक कर्मचारीहरु समायोजन नियुक्ति प्रभावित नहुने गरी पूर्णता दिनुपर्ने, सामायोजन कुहन कैलाली बहुमूखी क्याम्पससहित १४ वटै क्याम्पसमा सामायोजन हुन छुटेका तर कार्यरत कर्मचारीहरुलाई पनि एमओयु हुदाँसम्मको नियुक्तिलाई आधार मानि समायोजन गर्न माग गरेका छन् ।
संघले शिक्षक तथा कर्मचारीहरुलाई उपदान र पेन्सनको व्यवस्था, त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा सञ्चालित सिद्धनाथ विज्ञान क्याम्पस सूप विश्वविद्यालयमा सायोजन गर्न मागसमेत गरेको छ ।



तपाईको प्रतिक्रिया