नेल्सन मन्डेलाका प्रेरक भनाइहरु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नेल्सन मन्डेलाका प्रेरक भनाइहरु

Share

नेल्सन मन्डेला मानव अधिकारकर्मी तथा दक्षिण अफ्रीकाका भूतपूर्व राष्ट्रपति हुन् । मन्डेला सन् १९९३ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । २७ वर्ष लामो जेल जीवनपछि देशकै पहिलो अश्वेत  राष्ट्रपति चुनिएका मन्डेलाको जन्म जुलाई १८, सन् १९१८ मा भएको थियो ।

-सपना देख्ने मानिस नै बिजेता बन्छ ।

-सबैभन्दा कठिन काम समाजलाई परिवर्तन गर्नु होइन, आफैंलाई परिवर्तन गर्नु हो ।

-व्यक्तिले आफूसँग भएको कुरालाई कसरी उपयोग गर्छ, त्यसकै आधारमा एक व्यक्ति र अर्को -व्यक्तिको जीवनमा फरकपन आउँछ ।

-समाज परिवर्तन गर्नु छ भने एकैपटक ठूलो काम गर्नुपर्दैन । हरेक दिन साना – साना भएपनि राम्रो काम गर ।

-म पराजित हुँदिन । मैले या त जित्छु या सिक्छु ।

-पछाडिबाट नेतृत्व गर । उनीहरुलाई महसुस गर्न देउ कि, उनीहरु अगाडि छन् ।

-साहासी व्यक्ति त्यो होइन, जो डराउँदै डराउँदैन । साहासी व्यक्ति त त्यो हो जसले डरलाई जित्न सक्छ ।

-हामीले त्यो बुझ्नु जरुरी छ कि, राम्रो काम गर्नको लागि समय सधैं सही हुन्छ ।

-यसरी बाँच कि मानौं, कसैले पनि तिमीलाई हेरिरहेको छैन । तर आफ्नो विचार यसरी राख कि मानौं सबैले तिमीलाई नै सुनिरहेका छन् ।

-जुनसुकै काम पनि पूरा गरेर सक्नु अगाडि असम्भव नै हुन्छ ।

-समाज परिवर्तनको लागि शिक्षा नै मुख्य हतियार हो ।

-सफलता पैसाले होइन, स्वतन्त्रताले दिलाउँछ ।

-विगतलाई बिर्सिदेउ ।

-यदि परिस्थिति अनुकुल छ भने, अहिँसाको निती राम्रो निती बन्न सक्छ ।

-बिहान उठ्दा मानिसहरुको हितको लागि कार्य योजना नभई उठ्नु जत्तिको डर, मलाई केही चिजसँग लाग्दैन ।

-यदि तिमीले कुनै पनि मानिससँग उसले बुझ्ने कुनै भाषामा कुरा गर्छौं भने, तिम्रो कुराहरु उसको दिमागमा पुग्छ । र, यदि तिमीले उक्त मानिससँग उसको आफ्नै भाषामा कुरा गर्छौं भने, तिम्रो कुराहरु उसको मनमा पुग्छ ।

-ठूलो पहाड चढेपछि थाहा हुन्छ, चढ्न बाँकी अझ थुप्रै पहाडहरु रहेछन् ।

तपाईको प्रतिक्रिया