कुराकानी गर्दा आफ्नो व्यक्तित्वसलाई कसरी प्रस्तुत गर्ने ? ध्यान दिनुहोस् यी कुराहरुमा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
कुराकानी गर्दा आफ्नो व्यक्तित्वसलाई  कसरी प्रस्तुत गर्ने ? ध्यान दिनुहोस् यी कुराहरुमा

Share

आफ्नो शारीरिक हाउभाउमा ध्यान दिनुहोस् । धेरै नजिक गएर नबोल्नुहोस् । पछाडि या अगाडी धेरै ढल्किएर नबस्नुहोस् । बोल्दा आफ्नो अनुहारको भावलाई पनि प्रस्तुत गर्नुहोस् । हातले लुगा मिलाईरहने, कपाल चलाइरहने, कान कोट्याउने, नाक कोट्याउने जस्ता काम नगर्नुहोस् । कहिलेकाहीँ आफूले थाहा नपाउँदा पनि सास गन्हाइरहेको हुन्छ । त्यसैले मुखको सरसफाईमा ध्यान दिनुहोस् र बोल्दा दोस्रो व्यक्तिले आफ्नो सास महसुस गर्न नसक्नेगरी नबोल्न्होस् ।

आफ्नो बारेमा नकारात्मक प्रभाव पर्ने गरी कुरा नगर्नुहोस् । कुनै कुरा मलाई आउँदैन, मैले जान्दिन नभन्नुहोस् । मैले त्यो कुरा सिक्नुपर्ने छ भन्नुहोस् ।

अरुको बारेमा नकारात्मक टिप्पणी नगर्नुहोस् । उसको सोचाई गलत छ भन्नुको साटो उसको सोचाई मेरो भन्दा फरक छ या मेरो सोचाई उसको भन्दा फरक छ भनेर कुरा गर्नुहोस् । उ नराम्रो छ नभन्नुहोस् । मलाई उसको त्यो व्यवहार परिवर्तन गर्नुपर्छ भनने लाग्छ, त्यसो भएमा उ अझ राम्रो व्यक्ति देखिन्छ भन्नुहोस् ।

आफू एकोहोरो नबोल्नुहोस् । दोस्रो व्यक्तिको कुरा राम्रोसँग सुन्नुहोस् । उसले गरेको कुनै  काम मन परेन भने आवेगमा आएर नबोल्नुहोस् । आफ्नो कुरा मात्र ठीक हो भन्ने तरिकाले प्रस्तुत नहुनुहोस् । सभ्य तरिकाले आफ्नो तर्क राख्नुहोस् ।

पहिलो पटक कुराकानी गरेको भएमा, सम्पर्कमा रहिरहनको लागि फोन नम्बर या इमेल ठेगाना लिनुहोस् । त्यो भेटकोे लागि उसले खर्चिएको समयको लागि धन्यवाद दिनुहोस् । त्यो भेटले आफू खुशी भएको र आउँदा दिनमा फेरी भेट्ने आशा रहेको कुरा व्यक्त गर्नुहोस् ।

तपाईको प्रतिक्रिया