कागेश्वरी नगरपालिकले गर्यो प्रत्येक घर घरमा मेट्रिक नम्बर राख्ने कार्य शुरू (भिडियोसहित)

नारीकोसिस डटकम/जेठ ८, काठमार्डौ । कगेश्वरी मनोहरा नगरपालिकाले आज (बुधवार) देखि प्रत्येक घर घरमा मेट्रिक नम्वर राख्ने कार्य शुरू गरिएको छ । सो कार्य सोही नगरपालिकाका नगर प्रमुख कृष्णहरी थापाले वडा नम्वर ९ का वडा कार्यलाय तथा कृष्ण प्रणामी मन्दिर गोठाटारबाट शुरू गर्नुभएको हो ।
नगरपालिकाले मेट्रिक प्रणाली अनुसार प्रत्येक वडाको जनसंख्या तथ्याड्क विवरण लिने कार्य सकिए पश्चात आजदेखि मेट्रिक नम्बर राख्ने कार्य शुरू गरिएको नगरप्रमुख कृष्णहरी थापाले बताउनुभयो ।
नगरप्रमुख थापाका अनुसार आज वडा नम्वर ९ अन्र्तगतका प्रत्येक घर घरमा सो मेट्रिक नम्वर राखिनेछ भने बाँकी १ देखि ८ सम्मका वडामा अर्को दिन प्याकेजमा गरिने छ ।
मेट्रिक प्रणाली एक विधि, मिटर र लम्बाईको आधारभूत एकाई हो ।
भिडियो:
तपाईको प्रतिक्रिया