अंगुरले हटाउँछ माइग्रेनको समस्या

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
अंगुरले हटाउँछ माइग्रेनको  समस्या

Share

नारीकोसिस डटकम/जेठ १०, काठमाडौं । अंगुर मिठो फलफूल हो । यसमा चिनीको मात्रा हुँदैन । अंगुरमा सबै आवश्यक पोषक तत्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । अंगुरले धरै रोगबाट जोगाउँछ ।

१.माइग्रेन: माइग्रेन लागेपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खानु भएमा माइग्रेनको पीडा हराउँछ ।

२.रक्ताल्पता: शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अंगुर खानुस् । फाइदा हुन्छ ।

३.हृदयघात: हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाईं पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुस् ।

४.क्यान्सर: अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्छ ।

५.रक्तस्राव: शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुस् । रगतको क्षतिपूर्ति हुन्छ ।

६.फोकाफोकी: अनुहार वा जिउमा आएका फोकाफोकीलाई सुकाउनका लागि अंगुर सहायक हुन्छ । (एजेन्सी)

तपाईको प्रतिक्रिया