सशस्त्र प्रहरीद्धारा फेवातालबाट १३ जनाको उद्धार

नारीकोसिस डटकम/जेठ १२, कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित फेवातालबाट जेठ १० गते एपीएफ टोलीले १३ जनाको सकुशल उद्धार गरेको छ ।
सो तालमा दुई वटा डुङ्गामा बोटीङ गरिरहेका नेपाली र भारतीय नागरीक गरी १३ जना व्यक्तीहरु सवार डुङ्गामा हावाहुरी र बर्षाको कारण पानी पसेर डुङ्गा डुब्न लागेको अवस्थामा एपीएफ टोलीले उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा कास्की नम्वर २४ गणबाट फेवाताल रेस्क्यु टावरमा खटीएको सशस्त्र प्रहरी सहायक निरीक्षक दिपेन्द्र बिष्टको कमाण्डको एपीएफ टोलीले तत्कालै उनीहरुलाई उद्धार गरेको हो ।



तपाईको प्रतिक्रिया