आफ्नो बालबालिकालाई तन्दुरुस्त बनाउन यी कुराहरुमा ध्यान दिनुहोस्

तपाईका बालबालिका फुर्सदको समय कसरी बिताउँछन् ? आफ्ना बालबालिकालाई भुलाउनका लागि टेलिभिजन, कम्प्यूटर, इन्टरनेट, भिडियो गेममा छाडिदिने त गर्नुहुन्न ?
याद राख्नुहोस्, आफ्ना बालबालिका मनोरञ्जनका लागि चौरमा कुद्ने, खेल्ने, उफ्रने भन्दा बढी टेलिभिजन, इन्टरनेट, भिडियो, गेममा भुल्ने गर्नाले शारीरिक कसरतमा कमी आई शरीरलाई सक्रियता भन्दा बढी निस्कृय, मोटो र अल्छी बनाइरहेको छ ।
खासगरी शहरका बालबालिकाहरू पढ्ने स्कूलमा पर्याप्त स्थानको अभाव हुँदैछ । सहरिकरणले गर्दा घरको वरपर पनि खेल्न पर्याप्त ठाउँ हुँदैन । फलस्वरूप एउटा कोठामा टेलिभिजन, कम्प्यूटर, इन्टरनेटलाई मनोरञ्जनको रूपमा प्रयोग गर्ने गर्दछन् । जसका कारण स्कूले केटाकेटीको शारीरिक गतिविधि एकदमै कम भएर गइरहेको विज्ञहरूको बताएका छन् ।
केटाकेटीलाई शारीरिक क्रियाकलापमा सक्रिय बनाउन अभिभावकको महत्वपूर्ण भूमिका रहेको हुन्छ । बालबालिकाको माशंपेशीलाई मजबूत बनाउन शारीरिक सक्रियताको अति जरुरी पर्छ ।
व्यायामले केटोकेटीलाई राम्रो निन्द्रा लाग्न, दिनभर शरीर स्फुर्त राख्न एकदम मद्दत गर्छ । त्यसैले अभिभावकले आफ्ना बालबालिकालाई आफूसँगै बिहान मर्निङ वाकमा लिएर जाने, उनीहरूसँगै खेल्ने उफ्रिने गरिदिनुपर्छ । जसले उनीहरूको शरीर तन्दुरुस्त र फिट रहन मद्दत पुग्छ ।
यसमा आमाबाबुको पनि सक्रिय हुनुपर्छ । अहिलेका केटाकेटीको शारीरिक सक्रियतामा कमी हुनुमा मुख्यतः बसीबसी प्रयोग गरिने मनोरञ्जनका साधनको बढ्दो प्रयोग नै मुख्य कारण रहेको छ ।
यसको साथै बिना व्यायाम बाहिरी खानेकुराको बढ्दो प्रयोगको कारण शरीरको तौल बढ्ने, मोटोपनको समस्या देखापर्ने गर्दछन् । त्यसैले टेलिभिजन, इन्टरनेटभन्दा शारीरिक सक्रियता बढाउन मनोरञ्जनात्मक खेलकुदमा बढी जोड दिनु आवश्यक छ । जसले गर्दा शरीर तन्दुरुस्त भइ स्वास्थ्यमा लाभ पुग्छ ।
बिना कसरत हुर्केका बालबालिकालाई के घाटा पर्छ ? १.सामान्य दुर्घटनामै ठुलो स्वास्थ्य समस्या निम्त्याउने ।
२.सामान्य स्वास्थ्य समस्याले पनि गम्भीर अवस्था सृजना हुने ।
३.रोग प्रतिरोधात्मक क्षमतामा कमी ।
४.शरीरका मांशपेशीहरू राम्रोसँग विकसित नहुने ।
५.रोग लाग्दा चाँडो निको नहुने ।
(एजेन्सी को सहयोगमा)
तपाईको प्रतिक्रिया