किम्बु फल क्यान्सर नियन्त्रणका लागि लाभदायक

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
किम्बु फल क्यान्सर नियन्त्रणका लागि लाभदायक

Share

किम्बु निकै स्वादिष्ठ फल  हो । अजाभोलि किम्बु पाक्ने सिजन हो । किम्बुको स्वादबाट टाढा रहेका व्यक्ति कमै होलान् । पश्चिम एसियामा उत्पति भएको किम्बु धेरै मुलुकमा पाइन्छ । रंगिन किम्बुको फल मन नपराउने को होला ? किम्बु रेसम किरा उत्पादनमा प्रयोग गरिन्छ ।

यसको फल रोग निरोधक हुने विभिन्न अनुसन्धानले देखाएका छन् । एन्थोसियनिन र क्यारोटिनको धनी यसको फल प्रोस्टेट क्यान्सर नियन्त्रणमा समेत लाभदायक हुन सक्ने एक प्रारम्भिक अध्ययनले देखाएको छ ।

मधुमेहमा पनि यो निकै लाभदायक हुन् सक्छ । ब्राजिलमा पाइने किम्बुको पातमा रगतमा बढ्दो चिनि, कोलेस्टेरोल नियन्त्रण गरी एचडिएल असल कोलेस्टेरोल बढाउने गुण रहेको जनावरमा गरिएको एक अनुसन्धानले देखाएको छ । सजिलै उत्पादन गर्न सकिने किम्बुको बृहत खेति अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक छ ।

तपाईको प्रतिक्रिया