आयोडिन के हो ? आयोडिन खाँदा हुने फाइदा

गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पूर्ण रुपमा मानसिक तथा शारीरिक विकासका लागि मानिसलाई बिभिन्न पोषक तत्वहरुको आवश्यकता पर्दछ ।
यी मध्ये आयोडिन पनि एक महत्वपूर्ण खनिज तत्व हो । आयोडिन बिभिन्न किसिमका फलफूल, तरकारी, अन्डा, गेडागुडी तथा माछा जस्ता चीजहरुबाट प्राप्त गर्न सकिन्छ जुन सबै उमेरका मानिस तथा जीवजन्तुहरुलाई दैनिक रुपमा चाहिन्छ ।
गर्भावस्थादेखि २ वर्षको उमेरसम्म मानिसको दिमागको ८० प्रतिशत विकास भईसकेको हुन्छ । त्यसैले यस समयमा शरीरमा आयोडिनको कमी भएमा मानसिक तथा शारीरिक विकासमा अवरोध आउँछ ।
नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको अभाव छ त्यसैले खानामा आयोडिन मिसाएको नुन खानु नै एक मात्र सरल उपाय हो ।
आयोडिनका फाइदाहरु
१.गर्भावस्थामा
गर्भवती महिलाले दैनिक रुपमा आयोडिनको सहि मात्राको प्रयोगले गर्भको बच्चाको मानसिक र शारीरिक विकासमा मद्दत गर्छ । साथै आयोडिनको कमीले गर्भको बच्चा तुहिने, मरेको बच्चा जन्मने जस्ता समस्याहरुबाट बच्न सकिन्छ ।
२.बाल्यावस्थामा
बाल्यावस्थामा आयोडिनको सही मात्राले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा मद्दत गर्छ ।
३.किशोरावस्थामा
किशोरावस्थामा आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक बृद्धि हुनुका साथै पढाइका साथसाथै अन्य क्रियाकलापमा पनि सकारात्मक असर पर्दछ ।
४.सबै उमेरमा
आयोडिनको सही मात्राले शरीरका विभिन्न अंगहरुको बिकासमा सहयोग गर्ने हुनाले यसको प्रयोगले गलगाँड तथा हाइपोथाइरोइडिजम् जस्ता समस्याहरु बाट मुक्ति मिल्छ ।
तपाईको प्रतिक्रिया